टिचर : मैले तेरो एउटा हातमा ५ वटा लड्डु दिए अनि अर्को हातमा १० वटा लड्डु दिए भने तेरो हातमा कति वटा लड्डु हुन्छ ? सहि हो : सर मेरो हातमा त १० वटा लड्डु नै अट्दैन | टिचर : सोच् न सोच् तेरो बाउको के जान्छ ! टिचर : अब त्यो १०वटा लड्लु मध्ये ५ वटा मैले झिके भने कति वटा बाँकी रहन्छ ? सहि हो : २० वटा !! टिचर : कसरी ?? सहि हो : सोच् न सोच् तेरो बाउको चैँ के जान्छ !!
एउटा डाङ्ग्रे चरो कारमा ठोक्किएर बेहोस भएछ । एकजना मान्छेले आफ्नो घर लगेर पिँजडाभित्र राखिदिएछ । डाङ्ग्रेलाई होश आएपछी यताउता हेरेछ अनि आफुलाई पिँजडाभित्र बन्द देखेर भनेछ, “आब्बुइ ! जेल मा पो परेछु, त्यो कारवाला मर्यो कि क्या हो ?”
एउटा कन्डक्टर को बिहे थियो सबै जना बिहेको रमाइलो रमिता हेरिरहेका थिए र नाचगान मा ब्यस्त थिए!!! बिबाहको सुभ साइत हुन लागेको थियो बेहुली लाई त्यो बेहुला कन्डक्टर को छेउमा जग्ये मा ल्याइयो अनि बेहुला त्यो बेहुली लाई भन्यो, अलि पर बस न एक जना पेसेन्जर अझै अट्छ यहाँ
. . . . एक पकेटमारा सिलाई पसलमा गएर लुगा सिलाएको ध्यान पुर्वक हेरिरहेको थियो । सिलाई पसलेले भन्यो : के सिलाउनु थियो भाई ? पकेटमार: केही हैन नँया फेशनका लुगामा गोजी कँहा राखिन्छ भनेर हेरेको मात्र ।
नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ । शेरेः हलो ? केटा : कोदालो । शेरे: को बोलेको? केटा: म मान्छे बोलेको । शेरेः मान्छेको केहि नाम त होला नि? केटाः म हिरो हो । शेरेः कहाँबाट बोलेको? केटाः नेपालबाट शेरेः किन फोन गरिस्? केटाः तपाइको दिमाग खराब गर्न । शेरेः (रिसाउँदै) तलाई शैतानको बच्चा । तँ कुन बिग्रेको बाउको सन्तान होस् ? पक्कै पनि तेरो बाउ पनि फटाहा हुनुपर्छ । तँ को बोलेको भन् छक्काको बच्चा म त्यहिँ आएर कुट्छु। केटा: नरिसाउनु न बा । म तपाइकै छोरा हो क्या ।
दुईवटा लामखुट्टेहरु कुरा गर्दै : पहिलो : ओइ, भन् त मान्छेहरु हामीभन्दा कति गुना साना हुन्छन् ? दोस्रो : कहाँ साना हुनु नि ? लाखौं गुना ठुला हुन्छन् नि । पहिलो : हैन मान्छेहरू हामी भन्दा १० गुना साना हुन्छन् । दोस्रो : कसरी ? पहिलो : ए मुर्ख, तिनीहरू हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलमा कसरी छिर्छन् त ?
तेरो नाम भन ! फुच्चे: AA सर ! पुलिस: के हो यो AA भनेको? फुच्चे: Alone Adhikari सर !! पुलिस : घर कहाँ हो? फुच्चे: BB सर...... पुलिस: BB ? फुच्चे: BudhaBare सर ! . पुलिस: ए, ए! अनि तेरो Habit कस्तो त हँ ? फुच्चे: CC सर ! पुलिस: CC ?? फुच्चे: Chak Chake सर ! पुलिस: अनि तैले तेस्लाई कसरी कुटिस ? फुच्चे: DD सर......... पुलिस: DD मतलब ? फुच्चे: Dhobi Dhulai सर! पुलिस: अनि तैले EE चै कहाँबाट सिकिस?? फुच्चे: EE भन्नाले? पुलिस: Esto Esto बोल्नलाई ? फुच्चे: JKD बाट सर! पुलिस: फेरी यो के हो JKD? ?? फुच्चे: Jokes ko Duniya बाट सर!! पुलिस: नसकिने भयो तलाई जा एक चोटिलाई छोडिदीएँ ! फेरी यस्तो गरिस भने KK खालास ! फुच्चे: कस्तो KK सर ? पुलिस: Kukur Kutaai खालास ! फुच्चे (पर पुगेर): "TT सर!" पुलिस: 'Thanks Tapailai' भनेको ? फुच्चे: हैन सर! . पुलिस: अनि के त ? फुच्चे हातमा चप्पल भिरेर..Tero Tauko सर ! फुच्चे टाप ! Police ShoCked !! Fucche RockEd ...