एक दिन शेरे कामबाट घर फर्कदै रहेछ।
रातको १२ बजिसकेको थियो ।
त्यसको घर मसानघाट बाट जानुपर्ने रहेछ
जति जति मसानघाट नजिको आयो त्यसको मनले
त्यति नै ढ्याङ्ग्रो ठोक्दो रहेछ।
मसानघाटको नजिक आएपछि लिफ्ट लिने सोचेछ ।
परबाट एउट गाडी एकदम
स्पिडमा आईराखेको थियो । त्यसलाई रोक्न
खोजेछ तर त्यो गाडी नरोकिकन गएछ । कुनै
पनि गाडी नरोकेपछि 'जुन गाडी आँउछत्यसलाई
रोक्दै नरोकी यसै चढ्छु जे पर्ला पर्ला' भन्ने
सोचेछ । भाग्गे ले पनि कस्तो साथ दिएको एउट
गाडी अतिनै बिस्तारै आईराखेको रहेछ ।
गाडी नजिक आएपछि मौका हेरेर हत न पत
गाडीमा चढेछ र लामो सास फेरेछ । गाडीमा चढेर
दंग परेको त यसो अगाडी हेर्छ त ड्राईभर नै छैन
।ल बब्बाल !!!त्यो त डरले झन थुर थुर काम्न
थाल्यो । बाहिर जाँउ भने
मसानघाटको बाटो गाडीमै बसौं भने ड्राईभर नै
छैन, गाडी त यसै चलिरहाछ । जे सुकै होस् भन्ने
सोचेर डर मानी मानी गाडी मैं बसेछ ।
एकछिनमा पेट्रोल पम्प नजिक आएर
गाडी रोकिएछ । त्यसको घर पनि त्यहीं नजिक
रहेछ । हत न पत गाडीबाट ओर्लेर यसो पर मात्र
के पुगेको थियो त्यो गाडीमा त अर्कै मान्छे चढ्न
लागेको देख्यो । त्यसलाई भन्नु
पर्यो भन्नि सोचेर 'ए दाई ! ए दाई !
यो गाडी नचढ्नुस् यसमा त ड्राईभर नै छैन यो त
आफैं चल्छ ' भनेछ । त्यो मान्छेले त्यसलाई एक
झ्याप्पड हानेर भनेछ ' पेट्रोल सिध्दकोले दु:ख
गरि गरि त्यति टाढा बाट
गाडी धकेली धकेली ल्याको त, तँ
मेरो गाडीमा पो बसिराखेको थिईस्'...