एउटा मान्छे सधैं ससुराली जाँदोरहेछ ।
फेरि जहिले पनि भात खाने
गरी जाँदो रहेछ ।
सासुले ज्वाइँलाई दिँदा सधैं घिउ हालेर
दिँदीरहिछिन् र सासुले ज्वाइँलाई
भन्दिरहिछिन्: यो चाहिँ मेरो तर्फबाट ।
घिउ खान पल्केको ज्वाइँ एक
महिनासम्म भात खान आएछ । सासुले
जहिलेपनि घिउ खान दिन्थिन् । एक दिन
कति आइरहेको भनेर जानी-जानी घिउ
दिइनन् ।
ज्वाइँले पनि सासुले बिर्सिन् कि,
एकछिनमा सम्झेर देलिन् भनेर भात
बिस्तारै खायो
तर सासुले घिउ दिने छाँटकाँट
नभएपछि ज्वाइँले भन्योः सासु
आमा मैले आज
बाटोमा आउँदा कत्रो लामो सर्प देखेको,
मैले अहिलेसम्म देखेको छैन
त्यस्तो सर्प ।सासुले भनिन्
कत्रो लामो सर्प थियो र ?
ज्वाइँले छिट्टो जवाफ
दिएः कति लामो भने त्यस्तै
यो मेरो थालदेखि उ
त्यो घिउको बट्टा सम्म लामो सर्प
देखेको थिएँ । हत्त न पत्त सासुले ए
मैले घिउ हाल्नै बिर्सेछु भनेर घिउ
हालिदिइन् ।
By: Suraj Neupane
फेरि जहिले पनि भात खाने
गरी जाँदो रहेछ ।
सासुले ज्वाइँलाई दिँदा सधैं घिउ हालेर
दिँदीरहिछिन् र सासुले ज्वाइँलाई
भन्दिरहिछिन्: यो चाहिँ मेरो तर्फबाट ।
घिउ खान पल्केको ज्वाइँ एक
महिनासम्म भात खान आएछ । सासुले
जहिलेपनि घिउ खान दिन्थिन् । एक दिन
कति आइरहेको भनेर जानी-जानी घिउ
दिइनन् ।
ज्वाइँले पनि सासुले बिर्सिन् कि,
एकछिनमा सम्झेर देलिन् भनेर भात
बिस्तारै खायो
तर सासुले घिउ दिने छाँटकाँट
नभएपछि ज्वाइँले भन्योः सासु
आमा मैले आज
बाटोमा आउँदा कत्रो लामो सर्प देखेको,
मैले अहिलेसम्म देखेको छैन
त्यस्तो सर्प ।सासुले भनिन्
कत्रो लामो सर्प थियो र ?
ज्वाइँले छिट्टो जवाफ
दिएः कति लामो भने त्यस्तै
यो मेरो थालदेखि उ
त्यो घिउको बट्टा सम्म लामो सर्प
देखेको थिएँ । हत्त न पत्त सासुले ए
मैले घिउ हाल्नै बिर्सेछु भनेर घिउ
हालिदिइन् ।
By: Suraj Neupane