माघ १९ को कदम चालिसकेका थिए ज्ञानेन्द्रले । ज्ञानेन्द्रका विरुद्धमा कोही बोलेका थिएनन् । ज्ञानेन्द्र ‘बुझेँ’, ‘राम्रो’ भन्दै देश घुम्न निस्किएका थिए । उनी त्यही बेला रोल्पाको एउटा गाउँको प्रावि स्कुलमा गएका थिए । त्यहाँ ज्ञानेन्द्रलाई देखेर केटाकेटी सहित सबैको भिड थियो । ज्ञानेन्द्र कक्षा २ मा पसेर केटाकेटीलाई केहि प्रश्न भए सोध भनेर आग्रह गरे ।
शेरे जुरुक्क उठ्यो र भन्यो, ‘मेरा तीन वटा प्रश्न छन्
१. राजदरवारका सबै सदस्य पार्टीमा भेला हुँदा तपाईमात्र कसरी पोखरामा बस्नु भयो र तपाईका परिवार कसैलाई पनि किन केहि भएन ?
२. हाम्रा मन्दिरका मूर्तिहरु कहाँ कहाँ छन् ?
३. स्विस बैंकमा तपाईको कति सम्पति छ ?
त्यतिकैमा टिफिनको घण्टी बज्यो । टिफिन पछाडी फेरि सवाल जवाफको समय थियो ।
शेरेको साथी सवाशेरे जुरुक्क उठ्यो र प्रश्न गर्न थाल्यो ।
- मेरा पाँच वटा प्रश्न छन् । तीन वटा शेरेले सोधिसक्यो ।
चौथो : टिफिनको घण्टी आज २० मिनेट पहिले किन बजाइयो ?
पाँचौ: मेरो साथी शेरे अहिले कहाँ छ ?